गगन थापाको क्षेत्रमा नेकपा एकीकृत समाजवादी गर्यो ५ जनाको नाम सिफारिस

नेकपा एकीकृत समाजवादी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ समन्वय कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

कमिटीको शनिबार बसेको बैठकले काठमाडौँ जिल्ला कमिटीका कार्यवाहक सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा बौद्धिक व्यक्तित्व ठाकुर खकुरेललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि जिल्ला कमिटीलाई उम्मेदवारी सिफारिस गरेको हो।

जिल्लाले प्रदेश कमिटीलाई भदौ १२ र प्रदेशले केन्द्रलाई १५ गतेभित्र सिफारिस गरी केन्द्रले २० गते उम्मेदवारी टुङ्गो लगाउने कार्यतालिका छ।

सत्तारूढ दलबीच निर्वाचनमा गठबन्धन गर्ने सहमति भए पनि पार्टीको आन्तरिक तयारी स्वरूप प्रजातान्त्रिक ढङ्गले ती नाम सिफारिस गरिएको निर्वाचन क्षेत्रीय कमिटीका संयोजकसमेत रहेका न्यौपानेले जानकारी दिए।

बैठकले पार्टीप्रतिको निष्ठा, अनुशासन र सङ्गठन क्षमताका आधारमा ती नाम सिफारिस गरेको हो। पार्टीले कम्तीमा एक महिलासहित चार जनाको नाम सिफारिस गर्न भने पनि बैठकले पाँच जना नै योग्य देखिएको भनी ती नाम पठाएको बताइएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ–४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन्। यो कांग्रेस महामन्त्री गगन थापाको क्षेत्र पनि हो।

यसैबीच बूढानीलकण्ठ–१०, कपनस्थित कपन बहुमुखी क्याम्पसको साधारणसभा यही भदौ १८ गते बस्ने भएको छ। सभाले क्याम्पस सञ्चालनका लागि अध्यक्षसहित १९ सदस्यीय कार्यसमिति निर्वाचन गर्ने छ। रासस

सिफारिस

भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर रामेछापका दुई जनाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिक-४, खनालचोक सेतोमाइक्रो पार्कनजिकै इनार खन्ने क्रममा निसासिएर बुधबार दुईजनाको मृत्यु भएको छ। भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति...

यी प्रदेशमा आज दिउँसाे मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यी प्रदेशमा आज दिउँसाे मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा...

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार...

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

धेरै पढिएको