रवि लामिछानेको पार्टीले टुंगो लगायो चुनाव लड्ने उम्मेदवारको नाम, को- को परे ?

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ।

काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बम उठ्दैछन्। उनी सत्याग्रही अभियन्ता पनि हुन्। यस्तै काठमाडौं क्षेत्र नम्बर १० बाट सामाजिक अभियन्ता प्रदीप विष्ट उम्मेदवार हुने उक्त पार्टीले जानकारी दिएको छ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गरेका छन्।

यस्तै डाक्टर तेसिमा कार्कीले ललितपुर ३, कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तय भएको स्वतन्त्र पार्टीले बताएको छ।

बागलुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री, मुस्ताङबाट ग्रामीण क्षेत्र विकासका विद्यार्थी सुदेश गुरूङ र सिन्धुपाल्चोकबाट पर्वतारोही माया गुरूङ उम्मेदवार हुने टुंगो लागेको छ।

झापाबाट अहिलेसम्म तीन जनाले उम्मेदवारी दिने भएका छन्। झापा ४ बाट पूर्वप्रहरी शम्भुप्रसाद ढकाल, झापा ३ बाट कृषक प्रकाश पाठक र झापा १ बाट ओमनाथ भण्डारीले उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ।

पार्टीका सभापति रवि लामिछाने कहाँबाट चुनाव उठ्ने भन्ने टुंगिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सकेसम्म धेरै क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार उठाउने तयारी गरेको छ।

निर्वाचन आयोगले असोज २३ मा उम्मेदवारको मनोनयन गर्ने बताएकोले त्यसअघि अधिकांश क्षेत्रका उम्मेदवार तय भइसक्ने उक्त पार्टीले जनाएको छ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको