नेकपा परित्याग गरि रामेछापका दर्जनौं युवा कांग्रेसमा प्रवेश

रामेछाप – रामेछापको मन्थली नगरपालिका – ८ चिसापानीका दर्जनौं युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार आयोजित कार्यक्रममा करिब दुई दर्जन युवा प्रवेश गरेको कांग्रेस वडा सभापति ओम पुरिले जानकारी दिएका छन् ।

सन्तोष भुषाल, सुमन नेपाली र ऋषि कपुर नेपालिको नेतृत्वमा कांग्रेस प्रवेश गरेका करिव दुई दर्जन युवालाई नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले अविर लगाइ स्वागत गरेका थिए । नव प्रवेशीहरुलाइ स्वागत गर्दै ढुंगेलले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनताको चरम बेवास्ता गरेको भन्दै मुलुकको बागडोर समाल्न सक्षम पार्टी नेपाली कांग्रेस मात्र भएको दावी गरे ।

नवप्रवेशी सुमन नेपालीले भने कम्युनिस्टहरु धेरै बोल्ने काम अलिकति पनि नगर्ने तर कांग्रेस भने कम बोलेर धेरै काम गर्ने पार्टी भएकाले आफुहरु कांग्रेस प्रवेश गरेको बताए ।

युवा नेता रत्नहरी ढुंगेकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रवेश कार्यक्रम नेपाल तरुण दल मन्थली नपा – ८ वडा इकाई अध्यक्ष शिव शंकर श्रेष्ठको अध्यक्षतामा , तरुण नगर सभापति कृष्णलाल पुरी , नेपाली कांग्रेस रामेछापका पुर्व जिल्ला सदस्य लव नेपाली लगाएतको उपस्थितिमा सम्पन्न भएको तरुण नेता बासुदेव ढुंगेलले जानकारी दिए ।

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको