नेकपा परित्याग गरि रामेछापका दर्जनौं युवा कांग्रेसमा प्रवेश

रामेछाप – रामेछापको मन्थली नगरपालिका – ८ चिसापानीका दर्जनौं युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार आयोजित कार्यक्रममा करिब दुई दर्जन युवा प्रवेश गरेको कांग्रेस वडा सभापति ओम पुरिले जानकारी दिएका छन् ।

सन्तोष भुषाल, सुमन नेपाली र ऋषि कपुर नेपालिको नेतृत्वमा कांग्रेस प्रवेश गरेका करिव दुई दर्जन युवालाई नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले अविर लगाइ स्वागत गरेका थिए । नव प्रवेशीहरुलाइ स्वागत गर्दै ढुंगेलले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनताको चरम बेवास्ता गरेको भन्दै मुलुकको बागडोर समाल्न सक्षम पार्टी नेपाली कांग्रेस मात्र भएको दावी गरे ।

नवप्रवेशी सुमन नेपालीले भने कम्युनिस्टहरु धेरै बोल्ने काम अलिकति पनि नगर्ने तर कांग्रेस भने कम बोलेर धेरै काम गर्ने पार्टी भएकाले आफुहरु कांग्रेस प्रवेश गरेको बताए ।

युवा नेता रत्नहरी ढुंगेकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रवेश कार्यक्रम नेपाल तरुण दल मन्थली नपा – ८ वडा इकाई अध्यक्ष शिव शंकर श्रेष्ठको अध्यक्षतामा , तरुण नगर सभापति कृष्णलाल पुरी , नेपाली कांग्रेस रामेछापका पुर्व जिल्ला सदस्य लव नेपाली लगाएतको उपस्थितिमा सम्पन्न भएको तरुण नेता बासुदेव ढुंगेलले जानकारी दिए ।

सिफारिस

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स...

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

धेरै पढिएको