काठमाडौं महानगरले रोकेपनि खुलामञ्चमा खाना खुवाइयो

काठमाडौँ – काठमाडौं महानगरपालिकाले (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रोटीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभइ कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टीम नेपाललाई आग्रह गरेको थियो । सोही अनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरिपनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए ।

आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए ।  खाना खान आउने मानिसहरु भने खुला मञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले की काम देउ होइन भने खान देउ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् ।

कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । सडकमा बसेर खाना खान आफुहरुको रहर नभई बाध्यता भएको पनि उनीहरुले बताए ।

हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ ।

 

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको