आन्तरिक राजस्व कार्यालय डडेल्धुराद्वारा पहिलो चौमासिकमा साढे १२ करोड राजश्व संकलन

डम्बर निदाल
डडेल्धुरा – आन्तरिक राजश्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा साढे १२ करोड रुपैंया राजश्व संकलन गरेको छ । डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेश अन्तर्गतका महाकाली अञ्चलमा पर्ने बैतडी र दार्चुला जिल्ला पनि कार्य क्षेत्र रहेको आन्तरीक राजस्व कार्यालयले साढे १२ करोड रुपैंया राजश्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराले चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधीमा साढे १२ करोड राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्षको चारमहिनामा १२ करोड ४४ लाख ७७ हजार ४७२ रुपैंया ७९ पैसा संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।

संकलन भएको राजस्व अन्र्तगत मूल्य अभिबृद्धि करबाट ७ करोड ५८ लाख, आयकर तर्फ ३ करोड ९७ लाख र अन्तशुल्कबाट ९० लाख गरि जम्मा १२ करोड ४४ लाख ७७ हजार ४७२ रुपैंया ७९ पैसा संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ३८ करोड राजस्व संकलनको लक्ष्य लिएको छ ।

वार्षिक राजश्व संकलन करिब ३८ करोड लक्ष्य लिएको कार्यालयले व्यक्तिगत वा एकलौटि फर्म, आयकर, पूँजिगत लाभकर, प्रालि दर्ता तथा ब्याज लाभांश, बहाल र आकस्मिक कर, पारीश्रमिकमा आधारित सामाजिक सुरक्षा कर, बस्तु बिक्रि तथा बितरण, परामर्श र ठेक्का, संचार बिमा हवाई तथा पर्यटन सेवा, मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रिबितरण र औद्योगिक उत्पादन , सरकारी प्रतिष्ठान तथा व्यक्तिगत पान दर्ता गरि जम्मा १२३७३ फर्महरुबाट २०७७ श्रावण महिना देखि कार्तिक मसान्त सम्म संकलन भएको हो ।

डडेल्धुरामा आन्तरिक राजश्व कार्यालय खुले पछि सुदूरपश्चिम प्रदेशका दार्चुला बैतडी र डडेल्धुराका करदातालाई कञ्चनपुर पुग्नु पर्ने बाध्यता हटेको मात्र छैन कार्यालयले सबै सेवाहरु ईन्टरनेट सर्भरबाट दिन थाले पछि छिटोछरितो र चाप नहुने भएकोले समयमै काम हुनेहुँदा सेवाग्रही खुशी पनि भएका छन । कर कार्यालयमा आउने सेवाग्राहीका लागि कार्यालय अगाडी खुलेका आधा दर्जन बढि अनलाईन सर्भिस फर्महरुले सेवाग्राहीलाई सहजीकरण र आवश्यक सेवासुबिधा पनि प्रदान गरेका छन । पछिल्लो समय करदाताहरुमा चेतनाको विकास हुँदै गईरहेकाले राजस्व संकलन हुन थालेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको