काठमाडौं – कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।
यस्तै आज १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ७९१ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।
