बालिका हत्या प्रकरण : दुई जना स्थानीयसहित १५ प्रहरी घाइते

महोत्तरी – बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको आइतबार हत्या भएको विषयलाई लिएर स्थानीयवासीले गरेकोआगजनी तथा ढुंगामुढा नियन्त्रणको क्रममा २ जना स्थानीय र प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित १५ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।

उक्त विषयलाई लिएर उत्तेजित भीडले घरमा आगजनी गरेको, प्रहरी बिट जलाउने प्रयास गरेको, लामो समयसम्म राजमार्ग अवरोध गर्नुको साथै सवारी साधन तोडफोड गरेकोले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागिकानुन बमोजिम बल प्रयोग गर्दा घाइते भएका महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने ४५ वर्षीय संजय भन्ने बुद्धि राज न्यौपानेलाई पिनाकल अस्पताल बर्दिबासमा उपचार पश्चात थप उपचारको लागि कैलाश एयरको हेलिकोप्टरद्वारा ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ ।

साथै अर्का घाइते सोही नगरपालिका-५ बस्ने २६ वर्षीय श्याम कार्कीलाई शुभस्वस्तिक अस्पताल बर्दिबास हुँदै थप उपचारको लागि एम्बुलेन्सद्वारा काठमाडौंतर्फ लगिएको छ । भीडले ढुङ्गामुढा गर्दानेपाल प्रहरीतर्फडीएसपी सहित १२ जना र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३ जना गरी १५ जनाप्रहरी कर्मचारी घाइते भएका छन् ।

उक्त भीडले ढुङ्गामुढा गर्दा आगजनी नियन्त्रणको लागि बर्दिबास नगरपालिकार धनुषाको महेन्द्रनगरबाट आएका२ वटा दमकलको चारैतर्फकाशिशाफुटेर क्षति भएको छ। साथैसिन्धुलीबाट हेटौंडातर्फ जादै गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको बा.२झ २५७९ नम्बरको गाडीको झ्यालको सिसा समेत फुटेर क्षति भएको छ । उक्त स्थानमा तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतबाट थप मद्दत लिई स्थितिलाई नियन्त्रणमा लिइएको छ ।

ती बालिकाको हत्या गरेको अभियोगमा बर्दिबास नगरपालिका-१४ सुगम बस्तीमा पसल गरी बस्ने गौशाला नगरपालिका-५ जिरो माईल घर भएका२६वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरीथप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको