ठक्करपछि महिलाको मृत्यु, ५ दिनपछि फरार गाडी चालक पक्राउ

एक जना महिलालाई ठक्कर दिएर फरार भएका सवारी चालकलाई पाँच दिनपछि पक्राउ गरेको छ । मंसिर ५ गते बिहान काभ्रेको बनेपाबाट काठमाडौ आइरहेको प्रदेश २–०१–००१ च. ०१८० नं.को गाडीले महिलालाई ठक्कर दिएर भागेको थियो ।

प्रहरीका अनुसार बाटो क्रस गर्ने क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासेमा ठक्कर दिदाँ सोही स्थानकी बर्ष ६५ की ललितकुमारी कार्की गम्भिर घाइते भइन् । त्यसछि ठक्कर दिने गाडी र चालक फरार भएपछि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागी डा. ईवामुरा अस्पताल सल्लाघारी पठायो ।

थप उपचारको लागी अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौमा रिफर भएकोमा उपचारकै क्रममा ६ गते दिउँस कार्कीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए । फरार रहेको सवारी र चालकको बारेमा वृत्त जगातीका प्रहरी निरिक्षक राजकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले पहिचान गरेको थियो ।

ठक्कर दिएर फरार उक्त गाडीको चालक सिराहा गोलबजार बस्ने बर्ष २४ को अर्जुन वि.क. भन्ने समेत खुलेपछि ई.प्र.का. गोलबजार, सिराहासँग समन्वय गरी पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिएका छन् । बुधबार चालक र सवारीलाई वृत्त जगाती भक्तपुरमा ल्याई सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सिफारिस

तामाकोशीमा माछालाई जाल हान्दै माझीहरू (फोटोफिचर)

रामेछाप- रामेछापको तामाकोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको पेशा लोप हुन थालेको छ । पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशामा पलायन...

‘सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्ति प्रति बल्ल बोले प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहका विषयमा स्पष्टीकरण दिएका छन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले एक अन्तर्वार्तामा आफू सत्तामा रहेका...

छुटे सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका सल्लाहकार

काठमाडौं - सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्ति प्रति बल्ल बोले प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र...

छुटे सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका सल्लाहकार

काठमाडौं - सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति...

कुलेश्वरमा खुल्यो मिट्पार्क—नन्भेज हेभन रेस्टुराँ, २५ जनालाई रोजगारी

काठमाडौंको कुलेश्वरमा मिट्पार्क—नन्भेज हेभन रेस्टुराँ खुलेको छ । डेढ...

दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

काठमाडौं– बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ...

एमालेबाट इलाम २ को उम्मेदवार को ?

इलाम : आगामी वैशाख १५ मा इलाम क्षेत्र नम्बर...

एकीकृत समाजवादी त्यागेका दीपक मनाङे बने मन्त्री

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन...

धेरै पढिएको