काठमाडौं – काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ६२० जना, भक्तपुरका ५१ जना र ललितपुरका ११४ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा ९४९१ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ८३५ जनामा कोरोना संक्रमण भएको थियो।
यस्तै नेपालमा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २२७६४० पुगेको छ।
