काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। मन्त्री ज्ञवालीलाई भेट्न श्रृङ्गला सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेका हुन्। भेटमा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन्।
उनले नेपालमा रहेका कोरोना संक्रमितको उपचारका लागि भनी दुई हजार भायल (सिसि) रेम्डिसिभिर औषधि सहायता हस्तान्तरण गरेका हुन्।
त्यसका लागि मन्त्री ज्ञवालीले भारत सरकारलाई धन्यवाद दिएका छन्।
