महोत्तरीको मनरासिस्वा नगरपालिका-१ मा गएराति भतिजले काकाको हत्या गरेका छन्।
मनरासिस्वा नगरपालिका-१ बस्ने ६० वर्षीय खेलावन मण्डललाई आफ्नै भतिजले कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।
बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई निर्घात कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए।
स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएका उनको गए राति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताए। प्रहरीले कुटपिट गर्ने भतिजलाई पक्राउ गरिसकेको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।
