नेकपाको सचिवालय बैठक भोलि बस्दै : प्रचण्डलाई ओलीले कस्तो जवाफ देलान् ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनपछि भोली शनिबार बस्दै छ ।

कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्ने छन् ।

यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफुले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो । सचिवालय बैठकमा अध्यक्ष दाहालले अध्यक्ष ओलीप्रति गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव राखेका छन् । अध्यक्ष दाहालले राखेको प्रस्ताव र आरोपको जवाफमा अध्यक्ष ओलीले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले आफु निकटका सचिवालय सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेर प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ । त्यसैगरी उनले कही तटस्थ बसेका नेताहरुसँग पनि छलफल गरेका थिए ।

उनले आफ्नो प्रस्ताव बिहीबारसम्म करिव अन्तिम रुप दिएको स्रोतको भनाई छ ।

अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले राखेको प्रस्तावलाई लिएर कडा रुप अपनाउने वा नरम रुप अपनाउने भन्नेबारे अझै स्पष्ट खुलि नसकेको स्रोतको भनाई छ ।

अध्यक्ष दाहाल पक्ष भने अध्यक्ष ओलीको प्रस्तावलाई अध्ययन गरेपछि आफ्नो रणनीति बुन्ने योजना रहेको छ ।

सत्तारुढ दल नेकपामा अध्यक्ष ओली पक्ष र अर्का अध्यक्ष दाहाल पक्षबीच एक अर्कामा आरोप प्रत्यारोपको क्रम निरन्तर चलिरहेको छ । दलमा दुई खेमा स्पष्ट देखिएपछि नेकपाको उच्च नेतृत्व चरम शक्ति संघर्षबाट गुज्रिरहेको छ ।

भोली शनिबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने अध्यक्ष ओलीको प्रस्तावपछि उत्पन्न हुने अवस्थापछि नेकपाभित्रको अन्तरद्धन्दको दिशा के कस्तो हुने संकेत देखिने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको