नागढुंगा – कलंकी सडकमा ६७ सीसी क्यामरा जडान

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रुपमा रहेको नाढुंगाबाट कलंकीसम्मको सडकखण्डमा सीसी क्यामरा जडान भएका छन्।

सो सडकखण्ड अन्तरगत जडान गरिएका सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सीसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो।

शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सीसी क्यामरा जडान गरिएको हो। राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामराले सहयोग गर्ने विश्वास लिइएको छ।

सीसी क्यामराको उद्घाटनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सिसी क्यामरा जडान हुनु मानव सभ्यता, विकास र समृद्धिको प्रतिक भएको बताए। नगरपालिकाले छोटो समयमा सिसी क्यामरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

नगरपालिकाले एक करोडको लागतमा सिसी क्यामरा जडान गरेको हो। नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन्। उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरप्रुमख घनश्याम गिरीले बताए।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको