काठमाडौँ – आज (शनिबार) बिहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको अहिलेसम्मकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।
‘यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो, यो अझ घट्ने सम्भावना छ।
हिजाे शुक्रबार उपत्यकाकाे तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियाे। एकै दिनमा ३.५ डिग्री तल झरेकाे हाे।
