काठमाडौं – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटबारे नसोच्न आग्रह गरेका छन् । आज दिउँसो बसेको सचिवालय बैठकलाई संबोधन गर्दै ओलीले विद्यमान समस्यालाई छलफलमार्फत समाधान गर्दै जानुपर्नेमा जोड दिँदै पार्टी फुटबारे सोच्न पनि नहुने बताएका हुन् ।
ओलीले लिखित रुपमा प्रतिवेदन पेश गरेको र उक्त प्रतिवेदन अध्ययनका लागि १६ गतेसम्म सचिवालय बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
१६ गतेसम्म प्रतिवेदन अध्ययन गरेर सोहीबीचमा आवश्यक छलफल तथा भेटघाट गरेर समस्याको निकास खोज्नेबारे आजको बैठकमा छलफल भएको उनले जानकारी दिए । आलीले प्रस्तुत गरेको प्रतिवेदन र अर्का अध्यक्ष पुष्पकमल दाहालले यसअघि नै प्रस्तुत गरेको एकल प्रस्तावमा माथि १६ गतेसम्म अध्ययन गरेर गरिने र पार्टीलाई निकास दिनेतर्फ छलफल अगाडि बढाइने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
आजको बैठकमा ओली र प्रचण्डसँगै बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमले आआफ्नो धारणा राखेका थिए ।
