काठमाडौं – नेपालमा आज थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो।
आज १ हजार ३ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।
