ग्लेन फिलिप्सको शतकमा न्युजिल्यान्डलाई ट्वान्टी-२० शृंखला

काठमाडौं – ग्लेन फिलिप्सको शतकप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ रनको विजय हासिल गरेको छ।

जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा जितेको छ। न्युजिल्यान्ड शृंखलामा २-० ले अगाडि छ। पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

फिलिप्सले ५१ बलमा १०८ रन बनाएपछि बाए ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको थियो। २३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

फिलिप्सले १०८ रन बनाउनेक्रममा दश चौका र आठ छक्का प्रहार गरेका थिए। फिलिप्सबाहेक न्युजिल्यान्डका डेभोन कोनवेले अविजित ६५ रन बनाए। कोनवेले ३७ बलमा चार चौका र चार छक्का प्रहार गरे। ओपनर मार्टिन गुप्टिलले ३४ तथा टीम सेइफर्टले १८ रन बनाए।

वेष्ट इन्डिजका लागि कप्तान किरन पोलार्डले सबभन्दा धेरै २८ रन जोडे। कीमो पाउल २६ रनमा अविजित रहे। शिमरोन हेटमेयरले २५ रन बनाए। आन्द्रे फ्लेचर र केल मायर्सले समान २० रन बनाए। फाबियन एलेनले १५ रन जोडे।

न्युजिल्यान्डका केल ज्यामिन्सन र मिचेल सन्टनरले समान दुई विकेट लिए भने टीम साउथी, लुक फर्गुसन, इश सेधी र जेम्स नीशमले एक-एक विकेट लिए।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको