यस कारण नेपाल आएका रहेछन् चिनियाँ रक्षामन्त्री

काठमाडौं – चीनको रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ”, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए । चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्हेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको