काठमाडौं – चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एकदिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । आइतबार साँझ एयर चाइनाको विमानमार्फत उनी चीन फर्किएका हुन् । २० सदस्यिय डेलिगेशन टिमसहित नेपाल आएका फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । स्वदेश फर्किदा पनि गृहमन्त्री थापाले नै विदाइ गरेका थिए ।
चिनियाँ रक्षमन्त्री फेंग्हेले प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।
कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न वेई फेंग्हे सहमत भएका छन् । जंगी अड्डामा आयोजित छलफलमा नेपाली सेनाका लागि पूर्वघोषित दुई अर्ब ४० करोड नेपाली रुपैयाँ चाँडै उपलब्ध गराउन फेंग्हेले प्रतिवद्धता जनाएका छन् ।
