रामेछाप -रामेछापकाे दाेरम्बा गाउपालिकाकाे नव निर्मित प्रहरी चाैकीकाे भवन उत्घाटन गर्दै बागमती प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्ल्ट्टेलले स्थानिय निकायलाई नितिगत रुपमा नै बजेट विनियोजन गर्न अाग्रह गरेका छन् ।
अाइतबार दाेरम्बामा भवन उत्घाटन पछि मन्त्रि जम्कट्टेेल बिकास, सुशासन ,सुरक्षा तथा स्थायित्वका लागि सुरक्षा निकाएकाे महत्त्वपूर्ण भुमिका रहने भन्दै अागमी बर्षमा बजेट विनियोजन गर्दा नितिगत रुपमा नै सुरक्षा निकायका लागि बजेट छुट्याउन अाग्रह गरे । त्यसैगरि सुरक्षा निकायलाई कुनैपनि किसिमको अभाव हुन नदिने अठाेट समेत मन्त्री जम्कट्टेलले व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख डिअाइजी वसन्त कुमार लामाले यश क्षेत्रका विभिन्न किसिमका समस्याहरुकाे निराकरण गर्ने बेथितिहरुलाई संचाउदै विकासका काममा सहकार्य गर्न तयार रहेकाे बताए ।यसैगरि यहाका नागरिकको अावस्यकता , पिर मार्का र समस्या समाधान गर्ने काममा प्रतिबद्ध रहेकाे बताउदै शान्ति सुरक्षा कायम गर्नेकाममा सबै पक्षकाे सहयाेगकाे अपेक्षा रहेका बताएका छन् ।

यसैगरि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले
अावस्यक स्राेत ,साधन ,भाैतिक संरचना र जनशक्ति भएमा सेवा प्रवाहमा सहयाेग पुग्ने बताइन । त्यस्तै प्रहरी घटना घटेपछि मात्र नभई कुनैपनि घटना नघट्ने अवस्था सिर्जना गर्नु पनि प्रहरीकाे भुमिका भएकाे बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख बसन्त पाठकले स्वागत मन्तब्य राखेका थिए भने दाेरम्बा २ काे वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले भवन निमार्णका लागि जग्गा दान गर्ने तथा अन्य सहयाेग पुर्याउनेलाई धन्यवाद व्यक्त गरेका थिए ।
उक्त भवन अान्तरिक मामिला तथा कानुन मन्त्रनलय बागमती प्रलेशकाे अार्थिक सहयाेगमा निर्माण भएकाे हाे । भवन निर्माणका लागि स्थानिय राममाया कमिनिकाे ७ अाना जग्गा उपलब्ध गराएकी हुन ।
