काठमाडौं – काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ४०९ जना, भक्तपुरका ३६ जना र ललितपुरका ८५ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा ८५८३ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ८०९ जना मा कोरोना संक्रमण भएको थियो।
यस्तै नेपालमा थप १३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २३३४५२ पुगेको छ।
