डडेल्धुराको अजयमेरु गाउँपालिकाद्धारा सुपथ मुल्यको फार्मेसी सञ्चालन

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा सुपथ मुल्य फार्मेसी संचालन गरेको छ । ग्रामिण वस्तिमा नै सर्वसाधारणलाई सबै औषधी सहजै रुपमा उपलब्ध गराउन फार्मेसी संचालन गरेको हो । सबै गाउँपालिकावासीले गाउँमै वा वडामै सुपथ मुल्यमा औषधी खरिद गर्न पाउन भन्ने उद्देश्यले गाउँपालिकामा फार्मेसी सञ्चालन गरिएको हो ।

गाँउपालिकाले आफै औषधी खरिद गरि स्थानिय जनताहरुलाई सुपथ मुल्यमा औषधी उपलब्ध गराउने उद्धेश्यले फार्मेसी सञ्चालन गरिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट(विकास)ले बताए । सामान्य औषधी देखि दिर्घरोगका औषधिहरु किन्नका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने स्थानियहरुको समस्यालाई मध्यनजर गर्दै अजयमेरुको भद्रपुर स्वास्थ्य चौकी भद्रपुरमा फार्मेसी संचालन गरिएको र विस्तारै अजयमेरुका सवै स्वास्थ्य संस्थाहरुमा फार्मेसी संचालन गरिने गाउँपालिकाले जनाएको छ ।

ग्रामिण वस्तिमै सुपथ मुल्यमा औषधी पाईन थाले पछी स्थानिय लाई सहज भएको छ । औषधी किन्नकै लागी ग्रामिण क्षेत्र वाट जिल्ला सदरमुकाम बागबजार सम्म पुग्नु पर्ने बाध्यता हटेको स्थानियको भनाई छ ।

गाउँमै औषधी पाइने भएपछि स्थानिय खुशी भएका छन् । यस अघि आवश्यक औषधी खरिदका लागि अजयमेरुका गाउँ वाट एक हजार बढी रुपैया सम्म खर्च गेरर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेकोे थियो । फार्मेसी स्थापना संगै सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ । स्थानिय स्तरमै फार्मेसी स्थापना भएसंगै खर्चको बचत,गाडी भाडा लगायत अन्य खर्च गर्नु पर्ने बाध्यता हटेको स्थानियको भनाई छ ।

 

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको