कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्र आउने, यस्तो छ तयारी

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।

विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी आगामी पुस १५ गतेभित्रै परीक्षाफल प्रकाशित गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए। ‘यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि बाटो खुल्ने छ। यसका लागि देशभरका शिक्षकसँगको समन्वयमा काम भइरहेको छ,’ उनले भने।

गएको वैशाखमै सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण रोकिएको थियो। परीक्षा मंगलबार मात्रै सकिएको छ।

बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ। कतिपय विषयको उत्तरपुस्तिका परीक्षणसमेत सुरु भइसकेको छ। विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्नेछन्।

शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डले जनाएको छ।

यस वर्ष कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। यस पटकको परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ। साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने बोर्डले जनाएको छ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको