काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ।
मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए। उनले २ बजे बैठक बस्न सक्ने बताए।
‘नेताहरुको कार्यव्यस्थाको कारण दिउँसो १ बजेका लागि बोलाएको बैठक बस्न सकेन, अब २ बजेतिर बस्छ होला’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठक नै स्थगित भएको वा सारेको भन्ने चाहिँ होइन।’
