काठमाडौं – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको बताएका छन् ।

काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गरेका हुन् । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागिय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् ।

मन्त्रीपरिषद् बैठकले माघ ११ गते वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र बनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर आफूले कसैलाई पनि भेट नगरी वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको बताए ।

“जुन दिन मैले पदको बहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि, वनका केही बद्मास कर्मचारीले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिनँ । कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिनँ । पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी एक अर्ब पैसा उठाएर दिन्छौँ भन्ने कुरा पनि आयो । अनि, मैले भनेँ एक अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले ? मैले हुँदैन भनेर इन्कार गरेँ ”उनले भने।

 

6 COMMENTS

  1. अनि त्यस्ता बदमास कर्मचारीलाई त्यतिकै छोड्ने त मन्त्री ज्यू? ठाउँको ठाउँ कारबाहीको लागि किन सिफारिस गर्नु भएन त हजुर?

  2. यस्ता काईते कुरा गरेर जनतासामु हीरो बनेर देखाउने असफल प्रयास नगरेकै राम्रो हुन्छ। १ अर्व घुस दिन तैयार हुने भनेका भ्रष्टहरू नै हुन्। त्यस्तालाई कानुनको दायरामा ल्याएर सजाएँ दिलाउने कि हावादारी गफ चुट्दै हिड्ने?
    देश र जनताको हितमा कार्य पनि गर्ने कि सात नम्बरको गियरमा दौडंने मात्रै हो मन्त्री ज्यू?

  3. बकम फुसे बोल्ने,पैला त अरब गुश दिन्छु भन्ने कर्म चारी निलम्बन गरि तुरुन्त कार्बाही गर्नु पर्थ्यो त्यो बन्को कर्म चारी लाई कारबाही आफ्नो मन्त्रालय अन्तर्गत्को लाई कार्बाही गर्न नसक्ने मन्त्री के मन्त्री ? बरु कति खाएको हो त्यो सत्य तथ्य भन्दा होलाकी,अहिलेका नेताहरुले बोल्ने एउटा काम गर्ने अर्को गरेको पाइन्छ।
    म भएत तेहिदिन तत्काल कार्बाही गर्थिए।

  4. कस्तो बेकुफ सम्झेको हामिलाइ यदि त्यस्तो घुश अफर गरेको भए ती कर्मचारी र ब्यवसायी लाई सार्वजनिक गर्न के ले रोक्छ ? हावादरी कुरा गरेर चर्चा नबटुले हुन्छ सक्छौ भने कार्वाही गरेर देखाउ हैन भने भित्र भित्र घुस लिएर बाहिर साखिलो नभए हुन्छ

  5. कस्तो बेकुफ सम्झेको हामिलाइ यदि त्यस्तो घुश अफर गरेको भए ती कर्मचारी र ब्यवसायी लाई सार्वजनिक गर्न के ले रोक्छ ? हावादरी कुरा गरेर चर्चा नबटुले हुन्छ सक्छौ भने कार्वाही गरेर देखाउ हैन भने भित्र भित्र घुस लिएर बाहिर साखिलो नभए हुन्छ

  6. Legally approve gareko Kath lai tw dhuwani garna diyako xaena..bharkhar kaam start gareka Rin khojera paisa ban ma bhuktani garera baseka lagani kartaa ko legal approve gareko Kath tw uthauna dinu..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here