पर्सा – वीरगंज कारागार पर्सामा थुनुवा भेट्न आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ स्थायी ठेगाना भएका २२ वर्षीय मिङमा शेर्पालाई करिब १० ग्राम अवैध लागूऔषध चरेशको धुलो सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको आदेशले लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मिङमाका भाइ २० वर्षीय लाक्पा शेर्पालाई भेट्न गएको अवस्थामा वीरगंज कारागार पर्सामा डिउटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरीले जाँच गर्ने क्रममा भाइलाई दिन ल्याएको प्लाष्टिकको झोलाभित्र स्पोर्ट्स जुत्ताको तलुवाभित्र लुकाइ ल्याएको उक्त परिमाणको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो । मिङमा उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।