काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । भोली (बुधबार) पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो ।

प्रचण्ड–नेपाल समूहले ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो ।

सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको एक नेताले बताए । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ ।

केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here