ओली सरकारमा जाने कि नयाँ सरकार बनाउने प्रस्ट हुन कांग्रेस र जसपालाई माओवादीको आग्रह

काठमाडौँ – नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने भन्ने विषयमा निर्णय गर्न आग्रह गरेको छ।

आज बसेको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीको निर्णय कुर्नु भन्दा पनि आफ्नै दृष्टिकोणका आधारमा सरकारबारे निर्णय गर्न आग्रह गरेको बताए।

कांग्रेस र राजपाले माओवादीले सरकारलाई समर्थन फिर्ता लिएपछि आफूहरुले निर्णय गर्ने बताएको भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष श्रेष्ठले माओवादीले सरकारलाई समर्थन छैन भनेर भनिसकेको र लेखेर दिने प्राविधिक कुरामात्रै बाँकी रहेको बताए।

‘हामीले औपचारिक रुपमा यो सरकारलाई समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्ने कुरा सत्य होइन्’, उनले भने, ‘नेपाली कांग्रेस र जसपाले आफ्नै निर्णय दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्यो। यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने त्यसको निम्ति हामी गम्भीर अपिल गर्दछौँ।’

उनले कांग्रेस र जसपालाई सरकारमा जाने भए पनि स्पष्ट हुन हुन आग्रह गरे।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको