काठमाडौं – नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेर भद्दा मजाक गरेको नेता योगेश भट्टराई प्रतिक्रिया दिएका छन् ।
बिहीबार उनले फेसबुकमार्फत ‘विद्वान् र नैतिकवान्हरुलाई कारबाही र मूर्ख अनैतिहरु पुरष्कृत हुने गरेको’ भन्दै भुसाल र पाण्डेमाथि त्यस्तै भएको टिप्पणी पनि गरेका छन् ।
“ऋृषिमुनि र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल ः विद्वान्, इमानदार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मूर्ख, भ्रस्ट र अनैतिकहरु पुरष्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ,” उनले लेखेका छन् ।

