आज मेलम्ची पानीको राष्ट्रपतिले औपचारिक उद्घाटन गर्दै

काठमाडौँ – काठमाडौं उपत्यकामा आज (शुक्रबार) मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर आज दिउँसो २ बजे मेलम्ची पानीको औपचारिक उद्घाटन गर्न लागेकी हुन्।

मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

चैत १५ गतेदेखि नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण भइरहेको छ। यसअघि चैत २३ गते मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो। तर, पानी वितरण भइसकेपछि ढिला गर्न नहुने निष्कर्षसहित आजका लागि उद्घाटन कार्यक्रम राखिएको आयोजना प्रमुख कमलराज श्रेष्ठले जानकारी दिए।

काठमाडौंको महाङ्काल, मीनभवन, खुमलटार, बालाजु लगायतका ठाउँमा मेलम्चीको पानी वितरण भैसकेको छ। आज दिउँसो नयाँबजार, सोह्रखुट्टेलगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको