काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति आज बैठक बस्दैछ । आज (शुक्रबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा छ । छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने उनले जानकारी दिए ।
बैठकको ठोस एजेण्डा नभएपछि समसामयिक राजनीतिक विषयमा पनि छलफल भने हुने खड्काको भनाइ छ । संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।
