भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा रोक्ने निर्णय, स्थानियद्वारा विरोध

भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा रोक्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वको समितिको आइतबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठकले कोरोना भाइरस संक्रमण जोखिमलाई कारण देखाउँदैं बिस्काः जात्राको रोक्ने निर्णय गरेको हो ।

जात्रामा भैरवनाथको रथ तान्ने र लिंगो ठड्याउन नदिई औपचारिक पूजामा मात्र सीमित गर्ने बैठकले निर्णय गरेको छ। छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेकाले जात्रा रोकिएको डिसिसिएमसीले बताएको छ।

विस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौं भक्तजन सहभागी हुने गरेकाले भीडभाडले कोभिड–१९ संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको भन्दै यस वर्षको जात्रामा पूजा मात्र गर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए।

प्रशासनले स्थानीय तह, स्थानीय संस्कृतिकर्मी, जात्रासँग सरोकारवाला निकाय, गुठी, खलः, पुचलगायतकालाई बेवास्ता गर्दै प्रशासनले एकतर्फीरुपमा निर्णय गरेको सरोकारवालाहरुले विरोध जनाएका छन् ।

बैठकले मध्यपुर थिमि क्षेत्रमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा, सिन्दुर जात्रा समेत नगर्न आग्रह गरेको छ। यस्तै‚ नयाँ वर्ष २०७८ को अवसरमा हुने पूजापाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रम नगर्न समेत अनुरोध गरेको छ।

कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न कोभिड–१९ को मापदण्डको पालना तथा भीडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न, नगराउन तथा प्रचार प्रसार लगायत जनचेतनामुलक कार्यक्रम गर्न सवै नगरपालिकाहरुलाई अनुरोध गर्ने र कोभिड–१९ को जोखिम नियन्त्रणका लागी नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लघन गर्नलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ।

भक्तपुरमा बिस्काः जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने प्रचलन छ। यसवर्ष चैत २८ देखि बिस्काः जात्रा सुरु हुँदैछ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको