काठमाडौँ – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । देशका केही स्थानहरूमा तुँवालो लागेको छ ।

बिहीबार दिउँसो प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यसैगरि राति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here