श्रोत नखुलेको १६ लाख सहित ३ जना पक्राउ

वीरगंज महानगरपालिका १० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका ४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका १० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् ।

वीरगंज महानगरपालिका १० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम र ना।१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साको आदेशले ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको