प्रदीप गिरिको ओलीलाई आग्रह : संसद विघटन गर्ने दिशामा नगइदिनुस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने दिशातिर नगइदिन आग्रह गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोलेका गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमति आवश्यक रहेकाले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने पनि बताए। तर चुनावमा जाँदा सहमतिमा जानुपर्ने उनको भनाइ छ। सानो समूहले २०४७ सालको संविधान नमानेर आजको अवस्था आइपरेको उनले बताए।

उनले प्रधानमन्त्रीका कारण संकट आइपरेको बताएका छन्। ‘दिनप्रतिदिनको विवाद र भ्रष्टाचारको कथा जुहारीबाट हुँदैन। जनताका दु:ख र महँगीका दु:ख छन्,’ उनले भने, ‘यसका लागि हामी संसदमा जम्मा भएको होइन। म जम्मा भएको होइन। किन हामी यहाँ आइपुग्यौं?’

उनले संकटका बेला राष्ट्रिय सहमति गर्नुपर्ने बताए। उनले राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिने पनि बताए। ‘संसदलाई पूरा कार्यकाल चल्न दिऔं,’ उनले भने। उनले सकुनीले पासा फालेजस्तो नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

‘संसद विघटन गर्ने दिशामा नगइदिनुस्,’ उनले भने।

‘आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ। शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ। प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन,’ उनले भने।

यो संविधानलाई बचाएर यसैमा टेकेर अगाडि बढ्नुपर्ने उनले बताए। ‘यो संविधानलाई बचाएर अगाडि बढ्ने हो कि २०४७ सालको संविधानजस्तै विजोग गर्ने हो?,’ उनले प्रश्न गरे, ‘अथवा चुच्चे नक्साजस्तै विजोगमा लैजाने हो।’

उनले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने बताए। तर चुनावमा जाँदा सहमतिमा जानुपर्ने उनको भनाइ छ। सानो समूहले २०४७ सालको संविधान नमानेर आजको अवस्था आइपरेको उनले बताए।

 

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको