काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको भेटवार्तामा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार मुद्दा सम्बोधनका विषयमा कुराकानी भएको हो । हालसम्म कुनै ठोस उपलब्धि भने हासिल नभएको कर्णले बताए ।
सत्ता समीकरणमा निर्णायक रहेको जसपाले हालसम्म समीकरणका विषयमा निर्णय लिन सकेको छैन ।
