विषम परिस्थितिमा थप सक्रिय भूमिका निर्वाह गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको चर्चा गर्दै नेपाल प्रहरीले लागू गरेको कार्ययोजना अनुरुप प्राप्त जिमेवारीप्रति थप सक्रिय भई कार्य सम्पादन गर्नुपर्ने बताएका छन्  ।

कार्य सम्पादन सम्झौता अनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व संकलनमा वृद्धि लगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको चर्चा गर्दै उनले जघन्य अपराध, अवैध लागूऔषध लगायतका आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो भई अझ बढी क्रियाशील हुनुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड-१९ को विषम परिस्थितिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै कोभिड-१९ नियन्त्रणका उपाय र मापदण्डलाई गम्भीरता पूर्वक लिई स्थानीय स्तरमा संक्रमण फैलिनबाट रोक्नको लागि सक्रिय भूमिका निर्वाह गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले भर्चुअल रुपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई आ-आफ्नो कार्यालयबाट गत चैत महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढिकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुसँगको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे विस्तृत विवरण समेटिएको थियो ।

 

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको