काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई मान्यता दिन नसक्ने बताएका छन्। नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालयको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समूहगत रुपमा कुनै पनि सम्झौता नहुने चेतावनी दिएका हुन्।
उनले अर्को पार्टी खोलेर हिँड्दा पनि पार्टीलाई क्षति नहोस् भनेर कारवाही नगरेर सम्झाइ-बुझाई प्रयास र सच्याउने विषयमा नै केन्द्रित रहेको बताए। ‘अनुशासनहीनता, अराजकता, पार्टी विरोधि गतिविधि,गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन।’ ओलीले भने,‘व्यक्तिगत तबरमा कुराकानी हुनसक्छ, सच्याउने हुनसक्छ,जिम्मेवारी दिन सकिन्छ। समूहगत रुपमा हुन सक्दैन।’ उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिए ।
।