काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भएको वार्ता सकिएको छ । होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । पार्टी फुटको संघारमा पुगेका बेला ओली-नेपालबीच सोही होटलमा वार्ता भएको थियो। छलफलम के कुराकानी भयो भन्नबारे खुल्न बाँकी रहेको छ ।
हिजो दुई नेताबीच करिब दुई घण्टा कुराकानीपछि फेरि भेटलाई निरन्तरता दिने सहमतिसहित बैठक टुंग्याइएको थियो।