काठमाडौँ – देशभर थप २४२८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १० हजार ४४८ जनाको रियल टाइम पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा २४२८ जनामा संक्रमण पुष्टि भएको हो।

देशमा सक्रिय संक्रमितको संख्या १२ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ भने २५२ जना संक्रमणमुक्त भएका छन्। देशमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here