काठमाडौँ – युवा राजनीतिज्ञ तथा चर्चित समाजसेवी तेजबहादुर चन्द नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विज्ञको रुपमा नियुक्त भएका छन् । पार्टी उपसभावती एवम् नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले एक विज्ञप्ती जारी गर्दै युवा राजनीतिज्ञ तथा समाजसेवी चन्दलाई विदेशमा बस्ने नेपालीको हित संरक्षण बिषयगत समितिको विज्ञको रुपमा नियुक्त गरिएको जानकारी गराएका छन् ।
आफूलाई विज्ञको रुपमा बिश्वास गरी नियुक्त गरेकामा पार्टी उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखनिधिलाई धन्यवाद दिदैँ पार्टी प्रति र सम्बंधित विषय प्रति सदैव ईमानदार रहने प्रतिबद्दता समेत व्यक्त गरेका छन् ।
युवा राजनीतिज्ञ तथा समाजसेवी चन्द सुदूरपश्चिमको बैतडीबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्छन् । विगत एक दशक अघि देखि नै उनी देशका विकासका हरेक क्षेत्रका समाजसेवामा तल्लीन छन् ।

