सेना, प्रहरी र सशस्त्रको नयाँ तलब स्केल सार्वजनिक, कुन पदको कति ? (सूचीसहित)

काठमाडौं –  सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो ।

अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको विवरण पठाएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशतका दरले तलब बढाएको थियो ।

अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिएको छ ।

नेपाली सेनाको सबैभन्दा माथिल्लो तह प्रधानसेनापतिले शुरु तलब स्केल ७७, हजार २ सय ११, ग्रेड संख्या २ र ग्रेड दर २ हजार २५ सय ७४ गरेर जम्मा ८२ हजार ३ सय ५९ रुपैयाँ मासिक पाउनेछन् । सबैभन्दा तल्लो तह फलोअर्स प्रथम स्तरले २४ हजार ७ सय २ शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर ८ सय २३ गरेर जम्मा २६ हजार ३ सय ४८ पाउनेछन् ।

मन्त्रालयले स्वीकृत गरेको नयाँ तलबमान अनुसार सबैभन्दा माथिल्लो तह माध्यामिक तह (प्रथम)ले ५६,७८७, माध्यामिक तह (द्वितीय)ले ४८,७३७, माध्यामिक तह (तृतीय)ले ४३,६८९, निम्न माध्यामिक तह शिक्षक (प्रथम)ले ४५,७७०, निम्न माध्यामिक तह (द्वितीय)ले ४३,६८९, निम्न माध्यामिक तह (तृतीय)ले ३४७३० पाउनेछन् । त्यस्तै प्राथमिक तह (प्रथम)ले ४३,६८९, प्राथमिक तह (द्वितीय)ले ३४,७३० र प्राथमिक तह (तृतीय)ले ३२,९०२ रुपैयाँ तलब प्राप्त गर्नेछन् ।

यस्तै नेपाल प्रहरीको सबैभन्दा माथिल्लो तह प्रहरी महानिरीक्षक (आईजीपी) ले तलब स्केल ७२ हजार ८२, ग्रेड संख्या २ र ग्रेड दर २४ सय ३ गरेर जम्मा ८८ हजार ८ सय ८८ रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो तह फलोवर्स अर्थात सयसले तलब स्केल २४ हजार ७ सय २, ग्रेड संख्या २ र ग्रेड दर ८ सय २३ गरेर जम्मा २६ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

सशस्त्र प्रहरी बलको सबैभन्दा माथिल्लो तह सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)ले ७२ हजार ८२, ग्रेड संख्या २ र ग्रेड दर २४ सय ३ गरेर जम्मा ८८ हजार ८ सय ८८ रुपैयाँ पाउनेछन्  । सबैभन्दा तल्लो फलोवर्स सयसले तलब स्केल २४ हजार ७ सय २, ग्रेड संख्या २ र ग्रेड दर ८ सय २३ गरेर जम्मा २६ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

कति पुग्यो सेनाका महारथीदेखि फलोअर्स प्रथम स्तर सम्मका कर्मचारीको तलब ?

प्रहरीको कति पुग्यो ?

सशस्त्र प्रहरी बलको कति ?

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको