माधव नेपालसहितका नेता सर्वोच्च अदालत धाएपछि गोकुल बास्कोटाको यस्तो प्रतिक्रिया

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माधव नेपालले सिद्धान्तको राजनीति छाडेर अड्डा अदालत धाएको भन्दै कटाक्ष गरेका छन् ।

मंगलवार सामाजिक सञ्जालमार्फत बास्कोटाले कानूनको भन्दा राजनीतिमा रामवहादुर थापा बादलहरुको बाटो सही रहेको टिप्पणी गरेका छन् । माधव नेपाल पक्ष अदालतमा पटक पटक गएकोतर्फ संकेत गर्दै उनले राजनीतिक निर्णय लिएर एमाले बन्न बादलहरुको लाइनको बचाउ गरेका हुन् ।

माधव नेपालसहितका नेताहरु एमालेबाट आफूहरुमाथि हुने सम्भावित कारवाही रोक्न माग गर्दै पछिल्लो पटक सर्वोच्च अदालत गएका थिए । अदालतले उनीहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कुन्ती मोक्तानको गीत ‘कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा’लाई बिम्बका रुपमा प्रयोग गर्दै बास्कोटाले अदालत धाएर राजनीति सफल नहुने, त्यसका लागि राजनीतिक निर्णय लिनुपर्ने बताएका हुन् ।

बास्कोटाले भनेका छन्, ‘कमरेड नेपाल आधा शताब्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन् तर आजभोलि अदालत धाएको हेर्दा कानूनका नौ सिङ्गवाला पो लाग्यो । कानुनको भन्दा राजनीतिमा रामवहादुरकै बाटो सही । कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा ।’

कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो…

Posted by Gokul Baskota on Monday, April 26, 2021

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको