सोनाक्षी सिन्हाका १० रोचक कुरा, जो तपाईलाई थाहा नहुन सक्छ

काठमाडौं – फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री सोनाक्षी सिन्हा नेपाल आउँदैछिन् । उनी दबंग टुरका लागि नेपाल आउन लागेकी हुन् । बलिउड सुपरस्टार सलमान खानको टोलीस“ग उनी कार्यक्रममा सहभागी हुनेछिन् ।

सोनाक्षी हिरोइन हुनुअघि निकै मोटी थिइन् । उनलाई देखेर कसैले पनि भन्दैनथिए कि, उनी हिरोइन हुन्छिन् । तर सलमान खानले उनलाई हिरोइन बनाउने भए । त्यसपछि सोनाक्षीले तौल घटाउन थालिन् ।

उनले ९० किलोको शरीरलाई घटाएर पछि स्लिम बनिन् । सोनाक्षीको जीवनसँग जोडिएका यस्तै रोचक कुरा प्रस्तुत गर्दैछौं, जो तपाईलाई थाहा नहुनसक्छ ।

– उनी २ जुन १९८७ मा जन्मिएकी हुन् ।

– सोनाक्षी सिन्हाको जन्म पटना, बिहारमा भएको थियो ।

– सोनाक्षी बलिउडका चर्चित खलनायक शत्रुध्न सिन्हाकी छोरी हुन् ।

– उनी भाग्यमानी अभिनेत्री हुन्, जसको कुनै फिल्म फ्लप भएको छैन ।

– उनको पढाई आर्य विद्या मन्दिर, मुम्बईबाट भएको हो । सोनाक्षीले फेसन डिजाइनिङमा स्नाटक गरेकी छिन् ।

– तपाईलाई अचम्म लाग्न सक्छ, सोनाक्षीले आफ्नो करियरको शुरुवात कस्ट्युम डिजाइनरको रुपमा गरेकी थिइन् । उनले मेरा दिल लेके देखोका लागि कपडा डिजाइन गरेकी थिइन् ।

– बलिउडमा आउनुअघि उनको तौल ९० केजीको थियो । दबंगका लागि उनले ३० केजी तौल घटाइन् ।

– सोनाक्षीको मनपर्ने निर्देशक संजय लीला भन्साली, अभिनेता हृतिक रोशन र रसेल पीटर्स हो । जबकी उनी अभिनेत्रीको रुपमा रानी मुखर्जीलाई मन पराउँछिन् ।

– सोनाक्षीलाई पेन्टिङमा निकै रुची छ । सोनाक्षीले आफ्नो घरमा एक स्टूडियो समेत बनाएकी छिन् ।

– अक्षयकुमारसँगको उनको जोडीलाई दर्शकले औधी मन पराए । अक्षयसँग उनले जतिपनि फिल्म खेलेकी छिन्, सबै हिट भएको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको