सोनाक्षी सिन्हाका १० रोचक कुरा, जो तपाईलाई थाहा नहुन सक्छ

काठमाडौं – फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री सोनाक्षी सिन्हा नेपाल आउँदैछिन् । उनी दबंग टुरका लागि नेपाल आउन लागेकी हुन् । बलिउड सुपरस्टार सलमान खानको टोलीस“ग उनी कार्यक्रममा सहभागी हुनेछिन् ।

सोनाक्षी हिरोइन हुनुअघि निकै मोटी थिइन् । उनलाई देखेर कसैले पनि भन्दैनथिए कि, उनी हिरोइन हुन्छिन् । तर सलमान खानले उनलाई हिरोइन बनाउने भए । त्यसपछि सोनाक्षीले तौल घटाउन थालिन् ।

उनले ९० किलोको शरीरलाई घटाएर पछि स्लिम बनिन् । सोनाक्षीको जीवनसँग जोडिएका यस्तै रोचक कुरा प्रस्तुत गर्दैछौं, जो तपाईलाई थाहा नहुनसक्छ ।

– उनी २ जुन १९८७ मा जन्मिएकी हुन् ।

– सोनाक्षी सिन्हाको जन्म पटना, बिहारमा भएको थियो ।

– सोनाक्षी बलिउडका चर्चित खलनायक शत्रुध्न सिन्हाकी छोरी हुन् ।

– उनी भाग्यमानी अभिनेत्री हुन्, जसको कुनै फिल्म फ्लप भएको छैन ।

– उनको पढाई आर्य विद्या मन्दिर, मुम्बईबाट भएको हो । सोनाक्षीले फेसन डिजाइनिङमा स्नाटक गरेकी छिन् ।

– तपाईलाई अचम्म लाग्न सक्छ, सोनाक्षीले आफ्नो करियरको शुरुवात कस्ट्युम डिजाइनरको रुपमा गरेकी थिइन् । उनले मेरा दिल लेके देखोका लागि कपडा डिजाइन गरेकी थिइन् ।

– बलिउडमा आउनुअघि उनको तौल ९० केजीको थियो । दबंगका लागि उनले ३० केजी तौल घटाइन् ।

– सोनाक्षीको मनपर्ने निर्देशक संजय लीला भन्साली, अभिनेता हृतिक रोशन र रसेल पीटर्स हो । जबकी उनी अभिनेत्रीको रुपमा रानी मुखर्जीलाई मन पराउँछिन् ।

– सोनाक्षीलाई पेन्टिङमा निकै रुची छ । सोनाक्षीले आफ्नो घरमा एक स्टूडियो समेत बनाएकी छिन् ।

– अक्षयकुमारसँगको उनको जोडीलाई दर्शकले औधी मन पराए । अक्षयसँग उनले जतिपनि फिल्म खेलेकी छिन्, सबै हिट भएको छ ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको