टेलिकम डुबाउन यति ठूलो चलखेल, छानबिन समितिलाई काम नदिने को हुन् ?

काठमाडौं – गत असार ९ गते बिहान ५ बजेर ५५ मिनेटदेखि ८ बजेर १५ मिनेटसम्म नेपाल टेलिकमका सेवाहरु पूर्ण अवरुद्ध भएको थियो  ।

दुई घण्टा २० मिनेट सञ्चार बिच्छेद भएको उक्त घटनालाई धेरैले सामान्य रुपमा लिए । यसका पछाडि रहेको गम्भीर चलखेल भने असामान्य थियो ।

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएपछि देशभरका दुई करोड भन्दा बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।

राष्ट्रियताको मामलामा कठोर रहेका नेपाली जनता सञ्चार सेवाबाट वञ्चित भएपछि आक्रोश पोखेका थिए । सरकारी संस्थाको प्रवर्द्धन गर्नपर्छ भनेर नेपाल टेलिकमको मोबाइल मात्र प्रयोग गर्दै आइरहेका राष्ट्रवादी नेपालीलाई नेपाल टेलिकमको सेवा अवरोधले ठूलो झट्का दिएको थियो ।

यो र यस्तै चलखेलका कारण टेलिकम धरासायी हुने जोमिख बढेको छ । टेलिकमले हाम लोकेसन रजिष्ट्रेशन (एचएलआर) प्रविधिले काम नगर्दा कल फरवार्ड हुन नसकेकाले सेवा रोकिएको भन्दै आएको छ । अर्कातिर टेलिकम सञ्चालक समितिले यसमै छानबिन समिति बनाएको छ ।

त्यसले बेलामा काम भने गर्न पाएन । सेवा अवरुद्ध भएको विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले व्यापार प्रमुख प्रतिभा वैद्यको संयोजकत्वमा असार ९ गते ७ दिनको म्याद तोकेर ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिले तोकिएको म्याद सकेर बल्ल छानबिन गर्न सुरु गरेको छ । स्रोतका अनुसार उक्त चलखेल र छानबिनमा ढिलाइका पछाडि टेलिकम उच्च व्यवस्थापनको हात रहेको पाइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीकै दबाबका कारण छानबिन गर्न ढिलाइ गरेको स्रोतको दाबी छ । गम्भीर संवेदनशील प्रमाणहरु नष्ट गर्ने उद्देश्यले छानबिन पछि सार्दै आएको स्रोतको भनाइ छ ।

टेलिकमको नेतृत्वमा भ्रष्ट प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले राष्ट्रवादी नेपालीलाई ठूलो धोका भएको छ । एनसेल लगायत अन्य मोबाइल प्रदायक संस्थाको नेटवर्कमा कहिल्यै समस्या नआउने तर टेलिकमको सेवामा बारम्बार समस्या आउनुलाई सामान्य रूपमा लिएका छैनन् ।

नेपाल टेलिकमको उच्च स्रोतका अनुसार संस्थाका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र एनसेल अक्जियाटा लिमिटेडका प्रतिनिधिबिच केही समयअघि रहस्यमय भेट भएको थियो । ‘एक प्रतिस्पर्धी संस्थाका प्रमुख र प्रतिनिधिबिच भेटघाट हुनु रहस्यको कुरा हो । मलाई लागेको थियो केही दिनमा यस्तो समस्या आउँछ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘केही नभए पनि १ अर्ब भन्दा धेरैमा डिलिङ भएको छ । नेतादेखि कर्मचारी सबैलाई मिलाउँदा एनसेलले ठूलो रकम दिएको हुन सक्छ ।’

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको