सरकारले गर्यो स्थानीय तह निर्वाचनको नयाँ मिति घोषणा

काठमाडौं – स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर मन्त्रिपरिषद्ले अझ अगाडिकै मिति तय गरेको हो।

स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो। सत्ता गठबन्धनकै केही दलहरुले २०७९ असोजदेखि चैतसम्म निर्वाचन गर्न सकिने बताउँदै आएका थिए। तर, आमरुपमा आलोचना भएपछि गठबन्धनको बैठकमा २०७९ जेठभित्र निर्वाचन गरिसक्ने सहमति भएको थियो।

स्थानीय तहको अघिल्लो निर्वाचन तीन चरणमा भएको थियो। २०७४ वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन भएकाले आगामी निर्वाचन कहिले गर्दा हुने भन्ने विषयमा दलहरुबीच फरक-फरक मत देखिएको थियो।

 २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ गते सकिदै छ । प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए।

निर्वाचन आयोगका पदाधिकारीहरूले आउँदो स्थानीय तहको निर्वाचनका लागि लाग्ने अनुमानित खर्चबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका छन्। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा आयोग पदाधिकारीहरुले स्थानीय निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका हुन्।

‘निर्वाचन कहिले गर्ने र त्यसका लागि कति खर्च लाग्छ भन्ने विषयमा पनि प्रधानमन्त्रीज्यूसँग कुराकानी भयो’, छलफलमा सहभागी आयोगका एक पदाधिकारीले भने, ‘स्थानीय निर्वाचन सम्पन्न गर्न १० देखि १२ अर्ब खर्च लाग्ने आयोगको अनुमान छ। सोही व्यहोरा उहाँलाई अवगत गराएका छौं।’

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । यसअघि सोमबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराइसकेका थिए ।

‘हामीले जेठ ४ गते नै निर्वाचन गर्नुपर्ने भनेर प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका थियौं। उहाँले त्यही मिति उपयुक्त छ भन्नुभयो,’ प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘उहाँले एकै चरणमा निर्वाचनको आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ।’

प्रधानमन्त्रीले छलफलका क्रममा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको सबै तयारी गृह मन्त्रालयले गर्ने भन्दै आयोगका तर्फबाट तयारी गर्न निर्देशन दिएका हुन्।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको