सरकारले स्थानीय निर्वाचनको मिति तोकेपछि कांग्रेस महामन्त्री गगन थापाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले तोकिएको मिति संविधानको मर्म अनुरुप रहेको उल्लेख गरेका छन्। वैशाख ३० को मिति तोकिएसँगै स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको उनको भनाइ छ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,’ उनले लेखेका छन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ’ उनले भनेका छन्।

निर्वाचन टार्ने गरी भएका अनेकन बहस मिति घोषणा भएसँगै सकिएको उनले उल्लेख गरेका छन्। ‘ स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्’ थापाले भनेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

यस्तै सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ ।

‘सरकारले गरेको निर्णयलाई निर्वाचन आयोगले ‘पिकअप’ गर्ला, हामी निर्वाचनकै पक्षमा भएकाले हामीलाई कुनै आपत्ति हुने कुरा भएन, यसलाई स्वागतयोग्य नै मान्नुपर्छ’एमाले उपपमहासचिव विष्णु रिमालको भनाइ छ ।

त्यसैगरी एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि सरकारको निर्णयको स्वागत गरेका छन्। एमालेले यसअघिदेखि नै वैशाखमै स्थानीय निर्वाचन हुनुपर्ने माग गर्दै आएको थियो।

‘अन्तत: पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचन घोषणा गरेको छ’, उनले भनेका छन्, ‘अब नेपालका ७५३ स्थानीय तह नै नयाँ जनप्रतिनिधि चयन गर्नेतर्फ अग्रसर भएका छन्।’

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको