सरकारले स्थानीय निर्वाचनको मिति तोकेपछि कांग्रेस महामन्त्री गगन थापाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले तोकिएको मिति संविधानको मर्म अनुरुप रहेको उल्लेख गरेका छन्। वैशाख ३० को मिति तोकिएसँगै स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको उनको भनाइ छ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,’ उनले लेखेका छन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ’ उनले भनेका छन्।

निर्वाचन टार्ने गरी भएका अनेकन बहस मिति घोषणा भएसँगै सकिएको उनले उल्लेख गरेका छन्। ‘ स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्’ थापाले भनेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

यस्तै सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ ।

‘सरकारले गरेको निर्णयलाई निर्वाचन आयोगले ‘पिकअप’ गर्ला, हामी निर्वाचनकै पक्षमा भएकाले हामीलाई कुनै आपत्ति हुने कुरा भएन, यसलाई स्वागतयोग्य नै मान्नुपर्छ’एमाले उपपमहासचिव विष्णु रिमालको भनाइ छ ।

त्यसैगरी एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि सरकारको निर्णयको स्वागत गरेका छन्। एमालेले यसअघिदेखि नै वैशाखमै स्थानीय निर्वाचन हुनुपर्ने माग गर्दै आएको थियो।

‘अन्तत: पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचन घोषणा गरेको छ’, उनले भनेका छन्, ‘अब नेपालका ७५३ स्थानीय तह नै नयाँ जनप्रतिनिधि चयन गर्नेतर्फ अग्रसर भएका छन्।’

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको