स्थानीय निर्वाचनको तयारीमा जुट्यो एमाले, यस्ता छन् कार्यक्रम

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ।

आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

स्थानीय निर्वाचन तयारीका लागि भन्दै महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई पत्र पठाएका छन्। त्यसमा उनले निर्वाचन तयारीमा जुट्न भनेका छन्।

स्थानीय निर्वाचन लक्षित दुई दिने प्रशिक्षण कार्यक्रमा सातै प्रदेशका राजधानी र मुख्य सहरमा हुनेछ। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने भएका छन्।

उद्घाटन कार्यक्रममा केन्द्रीय नेताहरु काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट सहभागी हुनेछन्। प्रशिक्षणमा प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी पनि सहभागी हुनेछन्।

एमालेले यो प्रशिक्षणमा दसौँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे चर्चा गर्ने भएको छ। त्यसैगरी सवल, गतिशील र अनुशासित पार्टी निर्माण तथा राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु पनि समावेश गरिएको छ।

एमालेले स्थानीय तहमा पार्टीका पाँच वर्षका उपलब्धी र अनुभवहरूबारे पनि कुरा गर्ने भएको छ। त्यसैगरी स्थानीय तह निर्वाचनको तयारी तथा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरुबारे पनि नेताहरुले प्रशिक्षण दिने भएका छन्।

कार्यक्रमस्थल :

प्रदेश १ : फागुन १-२, विराटनगर, मधेश प्रदेश : फागुन ३-४, जनकपुर, बागमती प्रदेश : फागुन ६-७, काठमाडौं

गण्डकी प्रदेश : फागुन ८-९, पोखरा, लुम्बिनी प्रदेश : फागुन ११-१२, बुटवल/दाङ, कर्णाली प्रदेश: फागुन १४-१५, सुर्खेत, सुदूरपश्चिम प्रदेश : फागुन १६-१७, धनगढी

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको