स्थानीय चुनाव घोषणा भएपछि एकीकृत समाजवादीले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको हो ।

निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई पनि धन्यवाद दिने निर्णय बैठकले गरेको छ ।

केन्द्रीय सचिवालयको बैठकले गठबन्धनमा सामेल सबै दलहरुलाई स्थानीय तहको चुनावमा मिलेर जाने प्रस्ताव गरेको हो। बैठकले गठबन्धनको एकता कायम राख्दै सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको पनि औंल्याएको छ।

‘लोकतन्त्रको उच्चतम प्रयोग र सन्दुरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कष्ट हुने करा हाम्रा लागि गौरवको कुरा हो,’ बैकठपछि महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आव्हान गर्दछ।’

पार्टीले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको पनि बताएको छ । पार्टीले गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आव्हान समेत गरेको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको