चुनावतिर होमियो एमाले, शुक्रबार ओलीले देशभरका कार्यकर्तालाई दिंदैछन् यस्तो प्रशिक्षण

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई कार्यक्रम तालिकासहित आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन्।

पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन्। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी सहभागी रहनेछन्।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ।

एमालेले तय गरेअनुसार फागुन १–२ मा प्रदेश नं। १ को विराटनगरमा, फागुन ३–४ गते मधेस प्रदेशको जनकपुरमा, ६–७ गते वाग्मतीको काठमाडौंमा, फागुन ८–९ मा गण्डकीको पोखरामा प्रशिक्षण हुनेछ।

त्यस्तै लुम्बिनी प्रदेशका बुटवल र दाङमा फागुन ११–१२, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४–१५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६–१७ गते प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ।

सातवटै प्रदेशमा कार्यक्रम सकेपछि जिल्ला र महानगर तथा सबै स्थानीय तहमा कार्यक्रम गर्ने योजना एमालेले बनाएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि पार्टीले आन्तरिक तयारी र संगठन बलियो बनाउन भेला र प्रशिक्षणको कार्यक्रम आयोजना गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘समयमा निर्वाचन होस् भन्ने एमालेको माग थियो।

सिफारिस

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा खटिइसकेका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप मनाइने अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस  नेपाली सेनाले विशेष कार्यक्रमका साथ...

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

भर्खरै

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

धेरै पढिएको